शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकामा शोक बिदा

बिहीबार, ११ पुस २०८१, ११ : ५६
बिहीबार, ११ पुस २०८१

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप