समस्याग्रस्त घोषणा
कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
बिहीबार, ११ पुस २०८१, ११ : ३३
![कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का](https://npcdn.ratopati.com/media/news/karnali-bikas-bank_x09zOpqryy.webp)
काठमाडौँ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । पछिल्लो एक वर्षको अवधिमा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता कम्तीमा ३२० र बढीमा ८७० कायम भएको छ ।
राष्ट्र बैंकले यसअघि नेपाल बैंक, एनबी बैंकजस्ता ‘क’ वर्गका बैंक पनि टेकओभर गरेर स्थिति सुधार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता