युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला

वासिङ्टन डीसी । युनाइटेड एयरलाइन्सको विमानको ह्वील–वेलमा एक युवकको शव फेला परेको छ । अमेरिकन सो एयरलाइन्सले यस सम्बन्धमा अनुसन्धान थालेको जनाएको छ । शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट युनाइटेडको फ्लाइट २०२ मंगलबार दिउँसो माउई टापुको काहुलुई विमानस्थलमा अवतरण गरेको थियो ।
यस क्रममा विमानको ल्यान्डिङ गियर बक्समा शव भेटिएको एयरलाइन्स अधिकारीहरूले बताएका छन् । ह्वील वेल्ससम्म विमानको बाहिरबाटै पुग्न सकिने एयरलान्सले बताएको छ । ती युवा कसरी त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको छ । विमानस्थलका कर्मचारीका अनुसार विमानस्थल सञ्चालनमा कुनै असर परेको छैन ।
ह्वील वेल भनेको उडान भरेपछि विमानका पाङ्ग्राहरू बन्द भएर पुग्ने खाली ठाउँ हो । ह्वील हाउस र कार्गो होल्डमा माइनस ५० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रमको सामना गर्नुपर्ने हुन सक्छ । तर यसमा बस्दा समेत केही मान्छे बाँचेका पनि छन् । गत वर्ष पेरिसमा अल्जेरियन एयरलाइनरको विमानको अन्डरक्यारेज बेमा एक व्यक्ति जीवित फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’