विराट कोहली जब जानिजानी अस्ट्रेलियन युवा ब्याट्सम्यानसँग ठोक्किन पुगे !
काठमाडौँ । भारत र अस्ट्रेलियाबिचको बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृङ्खला अन्तर्गतको चौथो खेलमा अस्ट्रेलियाका युवा ब्याट्सम्यान साम कोन्सटसले ‘डेब्यू’ गरे । १९ वर्षीय कोन्सटसले आफ्नो पहिलो खेलमै अर्धशतक पनि बनाए ।
ओपनर ब्याट्सम्यान कोन्सटसले १९ वर्ष ८५ दिनको उमेरमा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । उनी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने अस्ट्रेलियाका चौथो सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट उनले खेलेको यो पहिलो खेल पनि हो ।
कोन्सटसले ६५ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ६० रन बनाए । उनले भारतीय टोलीका जसप्रित बुमराह, मोहम्मद सिराजजस्ता अनुभवी बलरहरूलाई पनि हायल–कायल बनाए । त्यसैले उनी आफ्नो पहिलो खेलमै चर्चित बने ।
तर, कोन्सटस अहिले अर्को कारणले पनि चर्चामा छन् । भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीसँगको विवादका कारण पनि कोन्सटस चर्चामा आएका हुन् । विराट र कोन्सटसबिचको विवाद अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।
यो घटना ११औँ ओभर चलिरहँदाको हो । त्यतिबेला तिब्रगतिका बलर बुमराह बलिङ र कोन्सटस ब्याटिङ गरिरहेका थिए । ११औँ ओभरको चौथो बलमा कोन्सटस दुई रन बनाउन दौडिएका थिए । ठिक त्यसैबेला विराट बिस्तारै हिँड्दै आएर कोन्सटससँग ठोक्किन्छन् ।
त्यसपछि कोन्सटसले विराटलाई केही भन्छन् । त्यसको जवाफमा विराट पनि केही आक्रामक बनेर ‘डेब्यू’ टेस्ट खेलिरहेका युवा ब्याट्सम्यान कोन्सटससँग विवाद गर्न अघि सर्छन् । यो घटना त्यतिबेला भएको थियो, जब कोन्सटसले लगातार बाउन्ड्री प्रहार गरिरहेका थिए ।
विवाद बढ्ने अवस्था देखिएपछि अम्पायर र उस्मान ख्वाजाले उनीहरूलाई छुट्याएका थिए । यो घटनालाई लिएर क्रिकेट अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी गर्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । खेलका क्रममा मोहम्मद सिराजले पनि युवा खेलाडी कोन्सटसलाई हतोत्साहित बनाउने प्रयास गरेका थिए ।
An exchange between Virat Kohli and Sam Konstas.
— Mufaddal Vohra (@mufaddal_vohra) December 26, 2024
- THE BOXING DAY TEST IS HERE.pic.twitter.com/x8O4XCN1Sj
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो