कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, दुई बच्चासहित २९ जना जीवितै
बिहीबार, ११ पुस २०८१, ०३ : ५०
काठमाडौं । अजरबैजानको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु हुँदा २९ जना बाच्न सफल भएका छन् । ६७ जना सवार रहेको विमान कजाकिस्तानको अकताउ सहर नजिकै बुधबार दुर्घटना भएको थियो ।
कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेवका अनुसार दुई बच्चासहित २९ जनाको जिवितै उद्दार गरिएको हो । त्यसरी उद्दार गरिएकामध्ये ११ जनाको अवस्था भने गम्भीर रहेको उपप्रधानमन्त्री कनातले बताएका छन् ।
अजरवैजान एयरलाइन्सको फ्लाइट जेटू–८२४३ ले अजरवैजानको राजधानी बाकूबाट रुसी क्षेत्र चेचन्याको ग्रोजनीको उडान भरेको थियो । यद्यपि, अकताउबाट ३ किलोमिटरको दूरीमा आकस्मिक अवरण गराउन खोज्दा विमान दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा बाँचेकाहरुमध्ये कोही पनि आफ्ना कजाख नागरिक नरहेको उपप्रधानमन्त्री कनातले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म सिंगल छु’ भन्ने पूर्वप्रेमी अर्जुनलाई मलाइकाले फर्काइन् जवाफ
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
-
वरुणको बेबी जोनमाथि पुष्षा २ हाबी, कति कमायो चलचित्रले ?
-
‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !