गल्फ कप : बहराइनको उत्कृष्ट प्रदर्शन, साउदीको पहिलो जित
बिहीबार, ११ पुस २०८१, ०३ : २६

एजेन्सी । गल्फ कप इन्टरनेशनलको समूह’बी’मा बहराइनले उत्कृष्ट प्रदर्शन गरेको छ । बहराइनले हालसम्म भएका दुबै खेलमा स्पष्ट जित निकाल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।
बुधबार राती भएको खेलमा इराकलाई २-० ले हराएको बहराइनले दुई खेलबाट ६ अंक बटुलेको छ । बहराइनलाई जिताउन दुबै गोल अली मदनले गरेका हुन् ।
समूह’बी कै अर्को खेलमा साउदी अरेबियाले यमनलाई ३-२ ले हरायो । साउदीको भने यो पहिलो जित हो । साउदीले अघिल्लो खेल भने गुमाएको थियो । बुधबार राती भएको खेलमा मोहम्मद कन्नो, मुसाब अल जुवेर र अब्दुल्ला अल हम्दानले गोल गरे । यो जितले साउदीको अघिल्लो चरण सम्भावना बलियो भएको छ । इराक र साउदीको अंक बराबरी भए पनि गोल अन्तरका अधारमा साउदी समूहको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण