अल्लु अर्जुन र पुष्पा २ का निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड रुपैयाँ दिने

हैदराबाद । ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएका महिला र उनका घाइते छोरालाई २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ । अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै पूर्णरुपमा निको होस् भन्ने कामना गर्दछु।"
उनले थप भने, ‘परिवार र बच्चालाई सहयोग गर्न हामीले २ करोड रुपैयाँ दिने निर्णय गरेका छौँ । १ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्।’
फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताउनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ