मेयर कप टेबलटेनिस सुरु

ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै ललितपुरमा टेबलटेनिसको राम्रो माहौल रहेको बताए ।
‘ललितपुरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने धेरै राम्रो खेलाडी छन् । ललितपुरमा टेबलटेनिसको माहौल पनि राम्रो छ,’ मेयर महर्जनले भने, ‘अझ यो प्रतियोगिता रात्रिकालीन भएकाले सबै उमेर समूहका खेलाडीको रुचि यसप्रति बढ्दै गएको मैले पाएको छु ।’
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २५ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता समेत रहेका आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जनाएका छन् ।
प्रतियोगितामा १६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशि ३ लाख ६८ हजार रुपैयाँ रहेको प्रतियोगिता संयोजक सन्जु अवालेले जानकारी दिए ।
टिम च्याम्पियन बन्न सफल वडालाई रनिङ सिल्ड पनि प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब २१ लाख ८३ हजार रुपैयाँ रहेको निकेश जोशीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा