तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने
काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइम्बिङ कम्पिटिशनको (खुला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ । उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।
यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आउने माघ १६ र १७ गते हुनेछ । क्वाली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने, सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताए । उक्त प्रतियोगिता दुई चरणमा हुनेछ ।
प्रतियोगिताको संयोजक रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए । उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । ‘हामीले अमेरिकामा टप रोप एडिसन आयोजना गर्दै आएका छौँ । नेपालमा दोस्रो एडिसन त्यसैको निरन्तरता हो,’ उनले भने, ‘यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।’ गत वर्ष पहिलो पटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरूमा राम्रो छाप छोडेको शेर्पाले सुनाए ।
संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने उक्त प्रतिगोयताको पहिलो दिन क्वाली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल हुनेछ । प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ शुल्क तोकिएको छ । यस प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले मात्र सहभागिता जनाउन सक्ने छन् । कार्यक्रमका सह–संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले यो प्रतियोगिताले प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धासुमन अपर्ण गरेको बताए ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउने छन् । त्यसैरी गरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला÷पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
नेपाल नेश्नल माउन्टेन गाइड एसोसिएसनसले यस कार्यक्रमको प्राविधिक जिम्मेवारी सम्हाल्ने छ । यूएसएनसीए (यू.एस.नेपाल क्लाइम्बरस एशोसिएसन) र एनएनएमजीए (नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन) बिच प्रत्येक वर्ष पालैपालो कोर्डिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको राशिफल : कुन राशिको लागि राम्रो ?
-
शुक्रबारदेखि बदली र वर्षा, आज मौसम कस्तो रहला ?
-
स्वास्थ्य सेवा सुधार्न सम्मेलन आयोजना
-
मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे, दंगा हुँदा ३३ जना मारिए, १५ घाइते
-
विदेशी मुद्रा : आज कसको मूल्य कति ?
-
कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, दुई बच्चासहित २९ जना जीवितै