सचिवालय बैठक
एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार
बुधबार, १० पुस २०८१, १८ : २८

काठमाडौँ । नेकपा एमालेले सरकारको समीक्षा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारको समग्र समीक्षा गरेको हो ।
समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए ।
अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ । त्यस्तै सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान