दिल्लीकी मुख्यमन्त्री आतिशी पक्राउ पर्ने केजरीवालको दाबी

नयाँ दिल्ली । आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले दिल्लीकी मुख्यमन्त्री तथा पार्टी नेता आतिशी पक्राउ पर्ने बताएका छन् । मुख्यमन्त्री आतिशी र अरविन्द केजरीवालले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
तीन–चार दिनअघि ईडी, आयकर विभाग र सीबीआईको बैठक भएको र दिल्लीकी मुख्यमन्त्री आतिशीलाई पक्राउ गर्न र नक्कली मुद्दा दायर गर्नुस् भनेर माथिबाट आदेश आएको आफ्नो स्रोतबाट थाहा पाएको केजरीवालले बताएका थिए ।
भाजपाले दिल्लीका जनताका लागि केही नगरेको, उक्त पार्टीसँग सीएम बन्ने अनुहार मात्रै होइन उम्मेदवार र एजेन्डा पनि नभएको र दिल्लीमा उसले हार्ने दाबी केजरीवालले गरेका थिए ।
‘दुई–तीन दिनअघि हामीले दुईवटा योजना घोषणा गर्यौ । त्यसमा हामीले महिलालाई २१ सय रुपैयाँ र वृद्धवृद्धालाई सञ्जीवनी योजना दिने घोषणा गरेका थियौं । यसबाट भाजपा डराएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
-
गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
-
अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने
-
बलात्कार आरोपमा युवक पक्राउ
-
सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए
-
थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद