कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने
बुधबार, १० पुस २०८१, १५ : २३

काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने भएको छ ।
समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।
साथै, काठमाडौँ महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए ।
उनले अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू