बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

यी महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार

बुधबार, १० पुस २०८१, १४ : ३०
बुधबार, १० पुस २०८१

काठमाडौँ । संसारमा अचम्म अचम्मको सेवा र सुविधा पाइन्छ । अँगालो हालेर सुत्नका लागि मोटो मान्छे भाडामा दिनेदेखि ओछ्यान तातो बनाउने मानवसम्म समय–समयमा हामीले अजिब खालका पेसा र कामबारे सुनिरहेका छौँ । कुनै व्यक्तिले पेसा नै अरूको ढाड कन्याइदिने अपनाएको छ भनेर सुन्दा कतिपयलाई अचम्म पनि लाग्दैन होला । हो तपाईंले सही सुन्न भयो ।

ढाड कन्याउनुलाई पेसाकै रूपमा अँगालेकी छिन् ५५ वर्षकी टोनी जर्जले । उनले स्क्र्याचर गल्र्स नाममा ढाड कन्याइदिने स्टुडियो नै खोलेकी छिन् । वर्षौदेखि उनको यो स्टुडियोले यही सेवा दिँदै आएको छ । आफ्नो हातले नभेट्ने भएपनि कुनै समय जर्ज अरुलाई आफ्नो ढाड कन्याउन लगाउँथिन् । यस्तै एक दिन उनलाई आफूभन्दा सानालाई पैसा दिएर ‘ए बाबु/नानी मेरो ढाड कन्याइदेउ न !’ भनेर भन्ने आफू मात्रै त होइन होला जस्तो लाग्यो । बरु आफूले पनि यस्तै खालको सेवा किन नथाल्ने भन्ने विचार उनको मनमा आयो ।

त्यसपछि उनले स्टुडियो खोलिन् र घण्टाको १३० डलर अर्थात् १७ हजार ७ सय नेपाली रुपैयाँ लिएर यो सेवा दिन थालिन् । यसका लागि उनले नङ पनि ३ इन्च लामो पालेकी छिन् । आफू सानु छँदादेखि नै यस पेसाप्रति लगाव रहेको स्क्र्याचर गल्र्सको वेबसाइटमा जर्जले लेखेकी छिन् । यहीँ लगावका कारण आफूले आफ्ना छोराछोरीलाई पैसा दिएर ढाड कन्याउन लगाउने गरेको र अहिलेसम्म पनि आफूले यसका लागि आफ्ना नातिनातिनीलाई पैसा दिइरहेको उनी बताउँछिन् ।

एक रात सुतिरहेको समयमा यस्तो खालको सेवै किन सुरु नगर्ने त भन्ने विचार आफ्नो मनमा आएको र आफूले जस्तै अरूले पनि यसका लागि पैसा तिर्लान् कि नतिर्लान् भन्ने कुराले आफूलाई घच्घचाइरहेको उनले बताइन् । कयौँ अनुसन्धान र खोजबिन गरेर आफूले सेवा सुरु गरेको र स्क्र्याचर गल्र्स अहिले ब्रान्ड नै बनेको उनको भनाइ छ । स्क्र्याचिङ पनि थेरापी जस्तै भएको र यसमा नङ्गको सहायताले क्लाइन्टको ढाड, हात खुट्टा, टाउको र कहिलेकाहीँ कानको भित्र समेत कन्याइदिने उनले बताइन् । यो सेवा आरामदायक र सन्तुष्टिदायक दुवै भएको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप