आमिरलाई आफ्नो कम उचाइको डर
मुम्बई । आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ । तर, फिल्ममा आउनुअघि उनलाई आफ्नो कम उचाइको डर थियो । आमिर खानले हालैको एक अन्तर्वार्तामा आफ्नो कम उचाइलाई लिएर आफूमा ‘इन्फिरियोरिटी कम्प्लेक्स’ रहेको र यस कारणले गर्दा मानिसहरूले उनलाई अस्वीकार गर्न सक्ने डर रहेको बताएका हुन् ।
आमिरको उचाइ करिब ५'५ इन्च छ, जुन उनको जमानाका कलाकारहरू भन्दा कम हो । उनको उचाइका कारण दर्शकले उनलाई अस्वीकार गर्नेछन् कि भन्ने आफूमा डर रहेको, तर अन्ततः त्यस्ता कुराले केही फरक पर्दैन भन्ने कुरा आफूले बुझेको उनले बताए।
आमिर खानले जी म्युजिक कम्पनीको युट्युब च्यानलमा नाना पाटेकरसँगको कुराकानीमा यो डरको बारेमा बताए । ‘वनवास’ लाई लिएर यतिबेला चर्चामा रहेका अभिनेताले उनलाई सोधे, ‘तपाईँको उचाइलाई लिएर तपाईँको दिमागमा कहिल्यै असुरक्षा भएको छ ?’
यसमा आमिरले भने, ‘हो, यो डर थियो । मेरो उचाइको कारणले मलाई मानिसहरूले स्वीकार गरेनन् भने के हुन्छ भन्ने सोच्थेँ तर पछि थाहा भयो कि केही फरक पर्दैन । तर त्यसबेला मनमा यस्तै डरले घर बनाएको थियो ।’
उनको कुरा सुनेर नानाले आमिरलाई उनको अनुहार राम्रो भएको बताए । उनले भने, ‘मेरो अनुहार हेर । म यो अनुहारको साथ त ५० वर्षसम्म काम गर्न सक्छु।’ आमिरले सुरुमा आफू स-साना कुरामा चिन्तित हुने गरेको सुनाए । तर जब उनले महसुस गरे कि उनको काम सबैभन्दा महत्त्वपूर्ण कुरा हो, उनले चिन्ता लिन छाडे ।
उनले भने, ‘सुरुमा जुन कुराले हामीलाई तनाव दिन्छ, पछि थाहा हुन्छ कि त्यो कुराले खासै फरक पर्दैन । तपाईँ कत्तिको इमानदारीपूर्वक काम गरिरहनु भएको छ र तपाईँको कामले मानिसहरूमा कसरी जादु सिर्जना गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण छ। त्यसपछि अरु कुरा महत्त्वपूर्ण हुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’