हलमा थपियो ‘देववाणी’ र ‘बेबी जोन’

काठमाडौँ । क्रिसमस डे को अवसर पारेर हलमा नयाँ नेपाली फिल्म ‘देववाणी’ रिलिज भएको छ । फिल्मले देशभरका हल भने पाएको छैन । किनभने यसअघि रिलिज भएका ‘पुष्पा २’, ‘मोआना २’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘तेलभिसा’, ‘मुफासा ः द लायन किङ’ र ‘बेबी जोन’ पनि प्रदर्शनरत छन् । ‘बेबी जोन’ पनि आजबाट प्रदर्शनमा आएको हो ।
‘देववाणी’ एक्सन ड्रामा जनराको फिल्म हो । बाबुसाहेब बलामीले निर्देशित फिल्ममा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतको अभिनय छ । ह्यारी जोस भारतीय अभिनेता हुन् । फिल्ममा उनको विशेष भूमिका छ ।
मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा हुन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाङ्कन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको सङ्गीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ