राष्ट्रपतिको चार वर्षअघिको भिडियो भाइरल, के हो वास्तविकता ?
काठमाडौँ । ‘राष्ट्रपतिको मुखबाट सुन्नुहोस् केपी ओली के कारणले जेल बसेका रहेछन् ?’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित राष्ट्रपति रामचन्द्र पौडेलको एउटा पुरानो भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
माथि उल्लेख गरिएझैँ प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा राष्ट्रपतिको भनाइको क्लिपसहित सामाजिक सञ्जालहरूमा भाइरल बनेको हो । उक्त भिडियोमा पौडेलले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको उल्लेख गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक सहकारी प्रकरणमा फसाउने कार्यमा प्रधानमन्त्री केपी ओली नै रहेको जिकिर गर्दै उनका समर्थकहरूले आलोचना गर्दै आएका छन् ।
लामिछानेलाई अनावश्यक दुःख दिएर प्रतिशोध साँध्ने काम भएको भन्दै समर्थकहरूले विरोध गरिरहेको बेला रामचन्द्रले ओलीको प्रवृत्तिको आलोचना गरेको विषयलाई पनि समर्थकहरूले उचाल्ने काम गरेका हुन् । तर, सो भिडियो हालैको नभएर ४ वर्षअघि पौडेलले गृहजिल्ला तनहुँमा दिएको अभिव्यक्ति भएको खुलेको छ ।
कोरोनाकाल अर्थात २०७७ मंसिर १८ मा पौडेल तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका थिए भने निषेधित क्षेत्र तोडेको भन्दै केहीबेर उनलाई प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । तीन घण्टा प्रहरीको नियन्त्रणमा परेपछि उनी तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीको चर्को आलोचना गरेका थिए ।
त्यतिबेला कांग्रेसको वरिष्ठ नेता रहेका पौडेलले ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको मात्रै बताएका थिएनन् कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने समेत जिकिर गरेका थिए । ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेररु ज्यान मुद्दामा बसेको हो,’ उनको भनाइ थियो, ‘कहाँबाट लोकतन्त्रका लागि बसेरु रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’
उनले थप भनेका थिए, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोसमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरूँन् ।’ उनले यस्तो बताउँदा कार्यकर्ताले ताली पड्काएको भिडियोमा सुन्न सकिन्छ । यस्तै उनले राष्ट्रवादको कुरा गर्ने ओलीले तीन घण्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’सँग कुराकानी गरेको समेत बताएका थिए । त्यतिबेला ओलीले रअका प्रमुख सामन्त गोयलसँग गोप्य मन्त्रणा गरेको बाहिर आएको थियो ।
झापा काण्डमा तत्कालीन सरकारले ओलीलाई १४ वर्षको जेल सजाय दिएको विषयलाई रामचन्द्रले त्यसरी टिप्पणी गरेका थिए । एमालेले २०२८ सालमा भएको झापा विद्रोहलाई नेपालको कम्युनिष्ट आन्दोलनको एक समयको पानीढलोको रूपमा चित्रित गर्दै आएको छ ।
त्यतिबेला झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । त्यो समय पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वधिनता तथा जनकेन्द्रीयता लागु गराउन आन्दोलन गर्दा राज्यले दमन गरेको ओलीले बताउँदै आएका छन् ।
सोही आन्दोलनबाट आएका ओली चार पटक देशको प्रधानमन्त्री बनिसकेका छन् भने जीवनभर लोकतन्त्रकै लाऊि लडेका पौडेल पनि २०७९ फागुनदेखि राष्ट्रपति पदमा विराजमान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म