बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

बागमती फुटबल लिग प्रतियोगिता आज, काठमाडौँ र काभ्रे भिड्दै

बुधबार, १० पुस २०८१, ११ : ५२
बुधबार, १० पुस २०८१

हेटौँडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । दिउँसो १ बजे प्रतियोगिताको उद्घटन हुने बागमती प्रदेश फुटबल संघले जनाएको छ ।

उद्घाटन खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लब र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब बिच प्रतिस्पर्धा हुने बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले जानकारी दिए । प्रतियोगिता अन्तर्गतका खेलहरु हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत बागमती प्रदेशका ११ वटा जिल्लाका सहभागिता रहेको छ । प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौँको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवेसी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहेको  । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रदेश लिग फुटबल प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) र हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद्ले आर्थिक सहयोग रहने महासचिव ठकुरीले बताए ।

११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगिता सहभागिता रहेको उनले बताए । प्रतियोगिताको फाइनल खेल यही पुस २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप