विश्व टेनिसका लागि निराशाजनक वर्ष : तीन चर्चित खेलाडी डोपिङ परीक्षणमा असफल
काठमाडौँ । एकपछि अर्को प्रतिबन्धित औषधि सेवन (डोपिङ) का घटनाको कारण विश्व टेनिसका लागि सन् २०२४ निराशाजनक रह्यो । एक वर्षको अवधिमा विश्व टेनिसका तीनजना चर्चित खेलाडी डोपिङ परीक्षणमा असफल बने ।
वर्षको अन्त्यतिर अस्ट्रेलियाका खेलाडी म्याक्स परसेल डोपिङ परीक्षणमा असफल भए । उनी अस्ट्रेलियाका डबल्सतर्फका खेलाडी हुन् । लोमा समयको अनुशन्धानपछि उनी आफैले प्रतिबन्धित औषधि सेवन गरेको स्वीकार गरेका छन् । त्यसपछि उनी निलम्बनमा परेका छन् ।
त्यसअघि, सन् २०२४ को प्रारम्भमै विश्व टेनिसका नम्बर एक पुरुष खेलाडी जेनिक सिनर र विश्व टेनिसकी नम्बर दुई महिला खेलाडी इगा स्विटक डोपिङ परीक्षणमा असफल भएका थिए । पछिल्लो केही वर्षयता विश्व टेनिसमा डोपिङका घटनामा बृद्धि भइरहेको देखिन्छ ।
डोपिङ परीक्षणमा असफल हुने अधिकांश खेलाडीले आफूहरुले अन्जानमा प्रतिबन्धित औषधि सेवन गरेको बयान दिने गरेका छन् । ग्रान्डस्लाम प्रतियोगितामा दुईपटक पुरुष डबल्सतर्फको उपाधि जितिसकेका परसेलले पनि आफूले अन्जानमा प्रतिबन्धित औषधि सेवन गरेको बताएका छन् ।
विश्व डोपिङ एजेन्सी (वाडा) ले प्रतिबन्धित औषधिको सूचिमा राखेका औषधि सेवन गर्दा खेलाडीहरु डोपिङमा पर्ने गरेका छन् । २६ वर्षीय परसेलले आफूले भुलवश एक सय मिलिलिटरभन्दा बढी भिटामिन सेवन गरेको स्वीकारे ।
वाडाले त्यति मात्रामा भिटामिन सेवन गर्न रोक लगाएको छ । गत साता उनी आफैले यसको जानकारी अन्तर्राष्ट्रिय टेनिस महासंघलाई गराएका थिए । परसेलको परीक्षणको नतिजा सार्वजनिक भएपछि उनी निलम्बनमा परेका छन् । अब उनले अस्ट्रेलियन ओपन खेल्न पाउने सम्भावना पनि निकै कम देखिन्छ ।
इटालीका प्रभावशाली खेलाडी सिनर र पोल्यान्डकी महिला खेलाडी स्विटेकमाथि पनि डोपिङ परीक्षणमा असफल भएपछि प्रतिबन्ध लगाइएको थियो । सिनर गत मार्चमा दुईपटक डोपिङ परीक्षणमा असफल भएका थिए ।
उनले पनि आफूले अन्जानमा प्रतिबन्धित औषधि सेवन गरेको बताएका थिए । उनले आफ्नो प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिट्रेशन फोर स्पोर्टसमा पुनरावेदन पनि गरेका छन् । स्विटेक भने गत अगस्तमा डोपिङ परीक्षणमा असफल भएकी हुन् । उनीलाई एक महिनाका लागि निलम्बन गरिएको थियो । उनी पुनरावेदनमा जान चाहिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल