विपद् प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी किट’
काभ्रे। विपद् प्रभावित महिला तथा किशोरीलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको छ । गत असोज १० देखि १२ को अविरल वर्षापछिको बाढी तथा पहिरो प्रभावित काभ्रेका महिला तथा किशोरीका लागि रेडक्रस काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमार्फत प्राप्त ७ हजार ५४२ थान ‘डिग्निटी किट’ काभ्रे शाखाले बेथानचोक, रोशी गाउँपालिका र पनौती नगरपालिकामा वितरण गरिरहेको हो ।
बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती र रोशीमा २ हजार ५०० थान र रोशीमा २ हजार ५४२ थान ‘डिग्निटी किट’ वितरण गरिएको कार्यक्रम संयोजक रघुनाथ हुमागाईले जानकारी दिए । ‘डिग्निटी किट’ मा महिला तथा किशोरीले प्रयोग गर्ने कपडाका साथै सरसफाईका सामाग्री छन् ।
कार्यक्रम अन्तर्गत नै युनएफपिएको सहयोगमा रोशी गाउँपालिकाका १७१ जना गर्भवती तथा सुत्केरीलाई १५ हजारका रुपैयाँका दरले नगद सहयोग समेत गरिएएको छ । नगरपालिका अन्तर्गत पनौती उपशाखा र सुब्बा गाउँ उपशाखामार्फत वडा कार्यालय र चौकोटमा ‘डिग्निटी किट’ वितरण गरिएको उनले बताए ।
असोज १० देखि १२ को अविरल बर्षा पछिको बाढी तथा पहिरो प्रभावितलाई रेडक्रसले पनौतीका १२ वटै वडाका ९५८ घरधुरीलाई १५ हजार रुपैयाँका दरले १ करोड ४३ लाख ७० हजार रुपैयाँ, बेथानचोक–२ र ४ का २४१ घरधुरीलाई १५ हजार रुपैयाँका दरले ३६ लाख १५ हजार रुपैयाँ र फरक क्षमता र मृतक परिवारका ७५ जनालाई १५ हजार रुपैयाँका दरले सहयोग राहत वितरण गरेको उनले बताए ।
उनका अनुसार बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत नै पनौती–१ का ४ सय १५ घरधुरी लाभान्वित हुने गरी २० लाख बराबरको खानेपानीका अस्थायी ८ योजना सम्पन्न भएको र बेथानचोक–२ र ४ का १ हजार घरधुरी लाभान्वित हुने गरी ३० लाख बराबरका ९ वटा योजना र पनौतीका २३ वटा अस्थायी खानेपानी योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल