मदनकृष्णको ‘हृदयकी रानी’ बनिन् कोमल ओली
बुधबार, १० पुस २०८१, ०९ : ५०

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘हृदयकी रानी’ सार्वजनिक भएको छ । गीतकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको शब्द, कृति न्यौपानेको सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
गीतको भिडियोमा मदनकृष्ण र गायिका कोमल ओलीको अभिनय देख्न सकिन्छ । मदनकृष्ण र कोमलको अलावा विमल अधिकारी र स्मारिका ढकालको समेत अभिनय छ ।
भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । ७४ वर्षको उमेरमा अचानक आफ्नो प्रेमिकालाई भेटेपछि त्यो बेला टुटेको प्रेमको सम्झना गर्दै भिडियो सुरुवात हुन्छ । भिडियोमा ग्रामीण शैलीका सामग्रीहरू पनि प्रस्तुत गरिएको देखिन्छ भिडियोमा उत्सव दाहालको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफी विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग