विधेयकहरूमा सहमति खोज्न संसदमै एमाले–कांग्रेसको कार्यदल

काठमाडौँ । संसदका दुई ठुला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि दुई दलीय कार्यदल बनाएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा दुवै दलका संसदीय विभाग प्रमुख, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहेको एमाले सचिव समेत रहेका संसदीय विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
संसद् सञ्चालन प्रभावकारी बनाउन सहयोग गर्ने र संसदमा छलफल गर्ने बिजनेसबारे सहजीकरण गर्ने कार्यदलको कार्यादेश रहेको नेता भट्टराईले जानकारी दिए । त्यस्तै उनले संविधान संशोधनको प्रक्रिया अघि बढाउन समेत दुई दलले संयन्त्र बनाउनेबारे छलफल भएपनि टुङ्गोमा नपुगेको बताए ।
‘संसदमा विचाराधीन अवस्थामा रहेका सबै विधेयक आउँदो अधिवेशनमार्फत पारित गर्ने वातावरण बनाउने हिसाबले कार्यदल बनाएको हो’, भट्टराईले भने, ‘विचाराधीन विधेयकहरूमाथि संसदमा सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलाउने र संसदमा भएका अन्य दलहरूसँग पनि छलफल गर्ने काम गर्नेछ ।’
बालुवाटारको छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । यसअघि सरकार सञ्चालन र व्यवस्थित गर्न भन्दै कांग्रेस एमालेले ८ सदस्यीय कार्यदल गठन गरेका थिए । उनीहरुले ती कार्यदल केही प्रदेश र जिल्ला स्तरमा समेत बिस्तार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का