कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं. २०८१ साल पौष १० गते । बुधबार । ईश्वी सन् २०२४ डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–दशमी, ३७ घडी १५ पला, बेलुकी ९ बजेर ४५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–चित्रा, २१ घडी ३२ पला, दिउसो ३ बजेर ३० मिनेट उप्रान्त स्वाती ।
योग–अतिगण्ड, ३८ घडी ५४ पला, बेलुकी १० बजेर २७ मिनेट उप्रान्त सुकर्मा । करण–वणिज, बिहान ८ बजेर ४३ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १३ मिनेट । दिनमान २५ घडी ५० पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ११ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर २९ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३० मिनेटदेखि बिहान १० बजेर ४६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४७ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ५ मिनेटदेखि दिउसो १ बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर २२ मिनेटदेखि दिउसो २ बजेर ३९ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ४० मिनेटदेखि दिउसो ३ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ५७ मिनेटदेखि बेलुकी ६ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर २१ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १८ मिनेटदेखि बिहान ६ बजेर ६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरूसँग भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउनेछ । अध्ययनमा उच्चता हासिल प्राप्त गर्न किनेछ । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । छोटो दुरीको रमाइलो यात्रा हुने तथा खानपान र मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । तर पनि कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवासायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । अध्ययन तथा कामबाट विश्राम पाइनेछ । यात्रा तथा मनोरञ्जनमा धन खर्च हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुनेछ । अरूलाई दिएको बचन पुरा गर्न नसक्दा व्यर्थै दुख पाइनेछ । नयाँ काम गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । धन तथा सम्पत्ति फस्ने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नयाँ ज्ञान तथा प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि माया प्रेममा सामीप्य बढ्ने तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । तर पनि अध्ययन वा कामबाट विश्राम पाइनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्रा हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा धन सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको साङ्गीतिक यात्रा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धि मूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिपुलेकबारे भारत र चीनले गरे यस्तो सहमति, नेपाल बेखबर
-
हेटौँडा अस्पताल विवाद : विपक्षीको नाममा कारण देखाऊ आदेश
-
निर्माणाधीन गौतमबुद्ध रङ्गशालामा यू–१९ महिला खेलाडीको प्रशिक्षण सुरु
-
‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुने
-
नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदै फिल्म ‘लाज शरणम्’
-
आरोपी मिलनको बयान– ‘भाइ र बुवाको हत्याको समाचार चाबहिल चोकमा पत्रिकामा हेरेँ’