किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
वासिङटन डीसी । सबैभन्दा पहिला क्यानडा, त्यसपछि पानमा नहर । यतिबेला अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड लिन चाहेका छन् । उनको यो अभिव्यक्तिले एकपटक फेरि अन्तर्राष्ट्रिय स्तरमा विवाद सिर्जना भएको छ ।
भर्खरै आएका उनका दुई बयानहरू पानामा र ग्रीनल्याण्डसँग सम्बन्धित छन् । यसअघि कुनै समयमा अमेरिकाको कब्जामा रहेको पानामा नहरमाथि पुनः कब्जा जमाउन चाहेको इच्छा उनले गरेका थिए । यसै क्रममा उनले ग्रिनल्याण्ड कब्जा गर्ने कुरा समेत गरे ।
ट्रम्पले ग्रीनल्याण्डमा यस्तो चासो देखाएको यो पहिलो पटक होइन । यसअघि २०१९ मा पनि उनले ग्रीनल्याण्ड किन्ने कुरा गरेका थिए । तर, उनको भनाइलाई त्यतिबेला खासै महत्त्व दिइएको थिएन ।
तर अब ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिर्दैछन् । यस्तोमा उनको पछिल्लो अभिव्यक्तिले कूटनीतिक स्तरमा तरंग उत्पन्न गरेको छ । विशेषगरी ग्रीनल्याण्डको विषयमा धेरै प्रश्नहरू उठ्छन् । ग्रिनल्याण्डमा ट्रम्पले किन यति धेरै चासो देखाइरहेका छन् ? कुनै युरोपेली देश अमेरिकाको स्वार्थसँग कसरी जोडिएको छ ? चीनसँग सम्बन्धित कुन खतरालाई हेरेर ट्रम्पले फेरि ग्रिनल्याण्डको जमिन किन्ने कुरा गरेका हुन ? अमेरिकाले यसअघि पनि यस्तो गरेको छ ?
ट्रम्पले डेनमार्कका लागि नयाँ राजदूत नियुक्तिको घोषणा गर्ने क्रममा ग्रिनल्यान्ड किन्ने कुरा गरेका थिए । राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न ग्रीनल्याण्ड कब्जा गर्नु अत्यन्तै महत्त्वपूर्ण भएको उनको भनाई थियो । विश्वभरको राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको लागि ग्रीनल्याण्ड आफ्नो मुठीमा लिनु जरुरी भएको अमेरिकाको विश्वास भएको उनको भनाइ थियो ।
ग्रीनल्याण्डमाथि अमेरिकाले किन देखाइरहेको छ चासो ?
ग्रीनल्याण्ड डेनमार्कको स्वशासित हिस्सा हो । अर्थात् अप्रत्यक्ष रूपमा यहाँ डेनमार्कको शासन छ । ग्रीनल्याण्डको घरेलु गतिविधिलाई डेनिस सरकारले हेर्छ । उसले नै यहाँको गृह मामिलाको साथसाथै शिक्षा, स्वास्थ्य, प्राकृतिक श्रोत र कानुन–प्रवर्तन पनि हेर्छ । सबै प्रशासनिक कामहरू भने यसको राजधानी न्यूकगरिन्छ ।
ग्रीनल्याण्डको विदेश मामिला, रक्षा र वित्तीय नीतिसँग सम्बन्धित मामिलाहरू डेनमार्कले हेर्छ । डेनमार्ककी रानी मार्गरेट द्वितीय ग्रीनल्याण्डको औपचारिक राज्य प्रमुख हुन् । यसको निर्वाचित सरकारको नेतृत्व प्रधानमन्त्री म्यूते बूरुप इन्गेदेले गरिरहेका छन् ।
ग्रीनल्याण्डसँग कसरी जोडिएको छ अमेरिकाको कूटनीतिक चासो ?
अचम्मको कुरा के छ भने ग्रीनल्याण्ड आफैँ युरोपको हिस्सा होइन । यो उत्तर अमेरिकी महादेशको हिस्सा हो । अमेरिकाबाट यो ५ हजार किमी पर छ । यस परिप्रेक्ष्यमा अमेरिकाका लागि ग्रीनल्याण्डको कूटनीतिक महत्त्व बढ्दै गएको छ । ग्रीनल्याण्ड सागर हुँदै यो आर्कटिक महासागरसँग जोडिएकोले पनि यो सम्पूर्ण क्षेत्र कूटनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ । २१ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ग्रिनल्याण्ड पूरै अमेरिकाको करिब एक चौथाइ बराबर छ र जीवनयापनका लागि धेरै सम्भावनाहरूले भरिएको छ ।
चीनसँगको प्रतिस्पर्धामा ग्रीनल्याण्ड कसरी महत्त्वपूर्ण छ ?
अहिलेसम्म कसैले खोज्न नसकेको विश्वको १३ प्रतिशत तेल र ३० प्रतिशत ग्यास भन्डार आर्कटिकमा रहेको बताइन्छ । ग्रीनल्याण्डमा कोइला, फलाम, तामा र जस्ताको पनि ठुलो भण्डार छ । सन् २०१० अघिको अवधिमा विश्वमा विद्युतीय क्रान्ति फैलिरहेको बेलामा अमेरिकी कम्पनीहरूले दुर्लभ खनिजहरूको लागि चीनमाथि आफ्नो निर्भरता बढाए । यसका कारण चीनले मोबाइल फोन, कम्प्युटर र विद्युतीय कारमा प्रयोग हुने दुर्लभ खनिज अफ्रिकाको ठुलो भागमा खोज्न सुरु गर्याे र पूरै क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्याे ।
दुर्लभ खनिजहरूमा चीनको बढ्दो एकाधिकार र त्यहाँका राष्ट्रपति सी जिनपिङको आक्रामक नीतिका कारण अमेरिकाले अब यस्ता दुर्लभ खनिजहरूमाथि आफ्नो नियन्त्रण राख्न सक्ने ठाउँहरू खोजिरहेको छ । ग्रिनल्यान्डको चर्चा यहीँबाट सुरु भएको हो ।
ग्रीनल्याण्डमा केहि दुर्लभ खनिजहरूको विश्वको सबैभन्दा ठुलो भण्डार पनि छ । नियोडाइनियम, प्रासियोडियमियम, डिस्प्रोसियम र टर्बियमको यीमध्ये केही हुन् । यहाँ ठुलो मात्रामा युरेनियम र त्यसको उप–उत्पादन जस्ता पनि छन् । यी अत्यावश्यक खनिजहरू इलेक्ट्रोनिक्स, ग्याजेटहरू र विद्युतीय सवारी साधनहरू (ईभी)को उत्पादनको लागि निकै महत्त्वपूर्ण छन् ।
सन् २०१९ मा ट्रम्पको नजर ग्रीनल्याण्ड मिनरल्स नाम गरेको कम्पनीमा थियो । जुन मूल रूपमा अस्ट्रेलियाको थियो । कम्पनीले प्रायद्वीपको क्वानेफेल्ड खानीमा सन् २००७ मा काम सुरु गर्याे । यहाँ कयौँ दुर्लभ धातुहरूको भण्डार रहेको बताइएको छ । यस क्षेत्रमा मात्रै १० करोड टन दुर्लभ खनिजहरू रहेको अनुमान गरिएको छ । आगामी दिनमा यो आयोजना दुर्लभ खनिजको हिसाबले चीनबाहिर सबैभन्दा ठुलो हुने अपेक्षा गरिएको छ ।
ग्रीनल्याण्डलाई अमेरिकासँग गाभ्ने पहिले पनि भएको थियो प्रयास ?
अमेरिकाका कुनै राष्ट्रपति वा नवनिर्वाचित राष्ट्रपतिले ग्रीनल्याण्डमा चासो देखाएको यो पहिलो पटक होइन । ग्रीनल्याण्डलाई आफ्नो अधिकार क्षेत्र अन्तर्गत ल्याउनु त अमेरिकाको १५७ वर्ष पुरानो सपना हो । सन् १८६७ मा तत्कालीन अमेरिकी राष्ट्रपति थोमस जेफरसनको सरकारमा राज्य सचिव विलियम एच सेवार्डले ग्रिनल्याण्ड र आइसल्याण्ड खरिद गर्ने विचार अगाडि सारेका थिए । सन् १८६८ सम्म अमेरिका र डेनमार्कबिच ५५ लाख डलर बराबरको सुनमा ग्रीनल्याण्ड र आइसल्याण्ड किन्ने लागि सम्झौता हुन लागेको थियो । तर, त्यो प्रस्ताव अघि बढ्न सकेको छैन ।
यति मात्र होइन, सन् १९१० र १९४६ मा पनि अमेरिकाले ग्रीनल्याण्ड किन्न प्रयास गरेको थियो । सन् १९४६ मा अमेरिकी राष्ट्रपति ह्यारी टू«यानको सरकारले १ करोड डलर (आजको समयको एक अर्ब डलर) बराबरको सुनमा डेनमार्क किन्ने प्रस्ताव गरेको थियो । त्यसपछि ग्रीनल्याण्डलाई सैन्य अड्डा बनाउने योजनाबारे पनि कुरा भयो । तर, कयौँ वर्षको वार्तापछि अमेरिकाले ग्रीनल्याण्ड किन्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
-
क्रिसमस पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन भूमिका खेलेको छ : प्रचण्ड
-
मदनकृष्णको ‘हृदयकी रानी’ बनिन् कोमल ओली
-
राजनीतिक पहुँचको आधारमा स्रोत–साधन बाँडफाँटले समस्या
-
लुम्बिनी कप महिला फुटबल फागुन १९ गतेदेखि
-
अधिकतम लक्षित वर्गलाई स्वरोजगार बनाउन कोष लागिपरेको छ