पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुईजना पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी मिना गुरुङ र आरती गुरुङलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले रातोपाटीलाई बताए ।
पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।
पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । बुधबार उनीहरूलाई अदालतमा उपस्थित गराइने एसपी ओलियाले जानकारी दिए ।
सूर्यदर्शनको रकम अपचलनबारे कास्की जिल्ला अदालतमा बयान भइरहेको छ । यसअघि पक्राउ परेका ५ जना मध्ये पूर्वडीआईजी छविलाल जोशीको बयान पुरा भएको छ । लिला पछाईंको बयान सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा