दुई दलीय संयन्त्रको कार्यदलको बैठक बस्यो
मङ्गलबार, ०९ पुस २०८१, २० : ३६

काठमाडौँ । गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित दुई दलीय संयन्त्रको कार्यदलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक बसेको हो ।
बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यदलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?