राप्रपाले खबरदारी सभा गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रदेश, जिल्ला र स्थानीय तहहरूमा खबरदारी सभा गर्ने भएको छ ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस र माघ महिनामा खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
बैठकले दुई ठुला दल मिलेर बनेको सरकार देशका समस्याहरू समाधान गर्न असफल भएको निष्कर्ष पनि निकालेको छ ।
बैठकले सरकार निर्माणका बेला संविधान संशोधनको विषयलाई प्रधानता दिएपनि अहिले संविधान संशोधनको विषय ओझेलमा पारिएकाले सत्ता प्राप्त गर्ने र सरकारमा जाने दुई दलको दाउपेच मात्रै भएको प्रमाणित भएको ठहर गरेको छ ।
‘राप्रपा सरकारलाई संविधान संशोधनको प्रतिबद्धता स्मरण गराउँदछ, साथै, सबै राजनीतिक दल र पक्षहरूसँग यस विषयमा संवाद र समझदारी कायम गर्न सरकारको ध्यानाकर्षण गराउँदछ’, राप्रपाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए