वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
मङ्गलबार, ०९ पुस २०८१, १८ : ५७

काठमाडौँ । नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज खरिदबिक्रीको बेला नेपाली अधिकारीहरूलाई घुस दिएको पाइएपछि एएआर कर्प कम्पनीलाई अमेरिकाले ५५ मिलियन डलर (करिब ७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना गरेको छ ।
खरिद सम्झौताको ठेक्का लिन नेपाली अधिकारीहरूलाई एएआर कर्पले २.५ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो । एएआर कर्पले नेपालका सरकारी अधिकारीहरूलाई घुस दिएको स्वीकारेको अमेरिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०७३ सालमा नेपाल एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । यही विषयमा विशेष अदालतले मंसिर २१ गते फैसला सुनाइसकेको छ । जसमा तत्कालीन पर्यटन सचिव शंकर अधिकारी, निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानासहित १० जनालाई दोषी ठहर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद