छविलाई न्यायाधीशको २३ प्रश्न, आरोपमाथि इन्कारी बयान

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीकाे बयान सकिएको छ । न्यायाधीश नितिज राईले उनीसँग २ दिन लगाएर बयान लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान रिपोर्ट र जिल्ला सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा राईले जोशीसँग २३ वटा प्रश्न गरेका थिए ।
‘सबै गरेर २३ वटा प्रश्न सोधिएको छ । विशेषगरी मूल आरोपहरुमाथि नै क्रस क्वयसन गरिएको हो,’ जोशीका वकिल जगन्नाथ ढकालले भने,‘सबै प्रश्नको जवाफ उहाँले दिनुभएको छ । प्रहरीमा भएको बयान र न्यायाधीशसँग गरिएको बयानमा खासै अन्तर छैन ।’
जोशीले आफूमाथि लगाइएका आरोपहरू झुटा भएको दोहोर्याएका छन् । उनीमाथि लागेको आरोपहरूमा इन्कारी बयान दिएका ढकालले बताए ।
‘आरोप जे कुरामा छ, त्यसमा इन्कार गरिरहनुभएको छ । उहाँको संलग्नताबारे स्पष्ट रूपले श्रीमानसँग (न्यायाधीश) आफ्ना कुरा राख्नुभएको छ,’ उनले भने ।
छविको बयान सकिने बित्तिकै अर्की प्रतिवादी लिला पछाईसँग बयान सुरु भएको छ । मंगलबार पछाईसँग बयान सकिएको छैन ।
बुधबार सार्वजनिक बिदा परेकोले बयान हुनेछैन । शुक्रबार पुनः अदालतमा बाँकी प्रतिवादीहरूको बयान हुनेछ । बयान सकिएपछि मात्रै इजलासमा थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार थुनछेक बहसअघि प्रतिवादी सबैको बयान लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु