दुई दलीय संयन्त्रको कार्यदलको बैठक जारी
मङ्गलबार, ०९ पुस २०८१, १७ : ३७

काठमाडौँ । गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित दुई दलीय संयन्त्रको कार्यदलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक जारी रहेको हो ।
बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यदलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?