काठमाडौँ आइपुगेँ बलिउड अभिनेता ह्यारी जोश
काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाल आएका छन् । फिल्म ‘देवबाणी’ प्रचार र दर्शकको प्रतिक्रिया बुझ्न उनी मंगलबार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
फिल्ममा ह्यारीको विशेष भूमिका रहेको छ । ह्यारी बलिउडमा नकारात्मक भूमिकामा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनको ‘देववाणी’ पहिलो नेपाली फिल्म हो । ह्यारी फिल्म छायांकनका लागि गतवर्ष नेपाल आएका थिए ।
निर्देशक बाबु साहेव बलामी निर्देशित ‘देववाणी’ आगामी बुधबारदेखि प्रदर्शनमा आउँदैछ । एक्सन–लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको अभिनय छ ।
मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा हुन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
-
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कस्तो रहला आजको मौसम ? शुक्रबारदेखि अर्को प्रणालीको प्रभाव पर्ने