बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

अल्लु अर्जुनसँग २ घण्टा सोधपुछ, प्रहरीले सोध्यो ८ प्रश्न

मङ्गलबार, ०९ पुस २०८१, १६ : ३५
मङ्गलबार, ०९ पुस २०८१

हैदराबाद । पुष्प–२ को प्रिमियरमा भएको भागदौडमा महिलाको मृत्यु प्रकरणमा प्रहरीले अल्लु अर्जुनसँग करिब २ घण्टा सोधपुछ गरेको छ । प्रहरीले अल्लु अर्जुनलाई उनी घटनास्थलमा थिए कि थिएनन् भनेर सोधेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

त्यस्तै उनले परिस्थितिलाई कसरी सम्हाले ? लगायतका प्रश्नहरू पनि सोधिएको थियो ।  यसअघि अल्लु अर्जुनसँग डिसेम्बर १० मा यस मामिलामा सोधपुछ गरिएको थियो।

यस्ता छन् प्रहरीले सोधेका ८ वटा प्रश्न:

  • सन्ध्या थिएटरको प्रिमियर शोमा आउन अनुमति दिइएको थियो ?
  • सन्ध्या थिएटरमा नआउन व्यवस्थापनले पहिल्यै भनेको थियो ?
  • के तपाईँलाई थाहा छ कि प्रहरीले कार्यक्रमलाई मन्जुरी दिएको थिएन?
  • यसबारे जानकारी लिनुभएन ? के तपाईँ र तपाईँको पीआर टोलीले पुलिसबाट क्लियरन्स लिएका थिए ?
  • तपाईँको पीआर टोलीले तपाईँलाई सन्ध्या थिएटरको अवस्थाबारे जानकारी गराएको थियो कि थिएन ?
  • तपाईँले त्यहाँ कतिवटा बाउन्सरहरू मिलाउनुभयो?
  • त्यसबेला घटनास्थलको अवस्था कस्तो थियो ?
  • के तपाईं घटनाको समयमा उपस्थित हुनुहुन्थ्यो र यदि हुनुहुन्थ्यो भने, तपाईँले परिस्थितिलाई कसरी ह्यान्डल गर्नुभयो?

भागदौडमा मारिएकी महिलाका पति भास्कर अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार छन् उनी अल्लु अर्जुनलाई घटनामा दोषी मान्दैनन् । एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेताबाट पूर्ण सहयोग पाएको बताए । उनले भने, ‘घटनाको भोलिपल्टदेखि अल्लुले हामीलाई साथ दिइरहेका छन् । यो दुर्घटना हाम्रो दुर्भाग्य हो। अभिनेताको गिरफ्तारीको लागि हामीलाई दोष लगाइयो . तर हामीसँग लड्ने शक्ति छैन।’

४ डिसेम्बरमा भएको भागदौडमा अल्लु अर्जुन १३ डिसेम्बर दिउँसो १२ बजे पक्राउ परेका थिए । पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतको लागि अपील गरेका थिए, उनलाई ५० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा साँझ ५ बजे अन्तरिम जमानत दिइएको थियो। 

यद्यपि, अल्लुलाई चंचलगुडा केन्द्रीय कारागार लगिएको थियो ।अभिनेता भोलिपल्ट शनिबार बिहान करिब ६ः३० बजे चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका हुन् । यस अवधिमा अल्लु करिब १८ घण्टा हिरासतमा रहे ।

यसैबिच तेलंगाना कंग्रेसका वरिष्ठ नेता थीनमर मल्लानाले पुष्पा २ को एक दृश्यलाई लिएर अल्लु अर्जुन, निर्देशक सुकुमार र निर्माताविरुद्ध उजुरी दिएका छन् । यस दृश्यमा अभिनेता स्विमिङ पुलमा पिसाब गरिरहेको देखिन्छ र पोखरीमा एक प्रहरी अधिकारी पनि छन् । मल्लनाले भने, ‘यो दृश्य प्रहरी अधिकारीको मर्यादाविपरीत हो ।’

यता, प्रहरीले अल्लु अर्जुनका आफन्तलाई पनि सचेत गराएको छ । साथै, डिसेम्बर २२ जस्तो घटना दोहोरिन नपाओस् भनेर अभिनेताको घरबाहिर ब्यारिकेडिङ पनि गरिएको छ । वास्तवमा सो दिन अल्लु अर्जुनको घरमा तोडफोड भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप