विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस
मङ्गलबार, ०९ पुस २०८१, १६ : ३४
काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी नियुक्तिका लागि ३ जनालाई सिफारिस गरेको हो ।
सिफारिस हुनेमा बुढीगंगा–४ बाजुराका छत्रबहादुर कटुवाल, काठमाडौँ महानगर–१० का नवराज सापकोटा र मौवाखोला गापा.–३ ताप्लेजुङका श्री रामप्रसाद पौडेल रहेका छन् ।
प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको लागि २०८१ असार १२ गते सूचना प्रकाशन गरिएको थियो ।
उक्त सूचनाका आधारमा दरखास्त स्वीकृत उम्मेदवारमध्ये प्राधिकरणको कार्यकारी निर्देशक सिफारिससम्बन्धी कार्यविधि २०८१ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?
-
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
-
एक दशकदेखि अलपत्र विष्णुमति पुल किन सञ्चालनमा आएन ?
-
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प