मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दाङ । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ ।
ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर थापाले जानकारी दिए ।
कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर सोमबार घाइते भएका थिए । लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लुप्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका चौधरीको मंगबार लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ ।
सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !
-
हामीले कम्युनिस्ट एकताको झण्डा न छोडेका छौँ, न छोड्नेछौँ : प्रचण्ड
-
अपहरण गरिएका डिपोर्टी रिहा गर्न बुकेलेलाई मदुरोको माग
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?
-
माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल