दीपेन्द्रसँगै कुशलले पनि यूएईको डीपी वर्ल्ड इन्टरनेशनल लिग खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले डीपी वर्ल्ड इन्टरनेशनल लिग खेल्ने भएका छन् । डीपी वर्ल्ड इन्डरनेशनल लिगको तेस्रो संस्करण सन् २०२५ को जनवरी–फेब्रुअरीमा आयोजना हुँदैछ ।
डीपी वर्ल्ड इन्डरनेशनल लिग संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुन्छ । डीपी वर्ल्ड इन्डरनेशनल लिगमा कुशल मल्लले ‘डेजर्ट भाइपर्स’ बाट खेल्नेछन् । उनलाई नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेको स्थानमा टोलीमा समावेश गरिएको बताइएको छ ।
चोटको समस्याका कारण बास डी लिडे प्रतियोगिताबाट बाहिरिएपछि कुशल मल्लले त्यो स्थानमा खेल्ने अवसर पाएका हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा पनि कुशल मल्लको प्रदर्शन उत्कृष्ट रहेको थियो । एनपीएलमा उनी चितवन राइनोजका मार्की खेलाडी तथा कप्तानको भूमिकामा थिए ।
२० वर्षीय कुशल मल्लले एनपीएलमा आठ खेल खेल्दै कुल दुई सय २३ रन बनाएका थिए । उनले एक अर्धशतक पनि बनाएका थिए । एनपीएलमा उनले १५ छक्का र ११ वटा चौका पनि प्रहार गरेका थिए । एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी नवौँ नम्बरमा थिए ।
बलिङतर्फ पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनले आठ खेलमा कुल नौ विकेट लिएका थिए । बलिङतर्फ एनपीएलमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर दुई विकेट रहेको थियो । एनपीएलमा उनको टोली एलिमिनेटर चरणमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो ।
बायाँहाते प्रभावशाली अलराउन्डर कुशल मल्लले राष्ट्रिय टोलीबाट पनि ८५ भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एक हजार ६ सयभन्दा बढी रन बनाइसकेका छन् भने ४० भन्दा बढी विकेट पनि लिइसकेका छन् ।
कुशल मल्लाको टोली डेजर्ट भाइपर्समा पाकिस्तानका मोहम्मद आमिर, न्युजिल्यान्डका लोकी फर्गुसन, श्रीलंकाका वानिन्दु हसरंगा, पाकिस्तानका आजम खान, वेस्ट इन्डिजका सेरफन रुथरफोर्ड, पाकिस्तानका फखर जामनलगायतका खेलाडी छन् ।
डेजर्ट भाइपर्सका क्रिकेट निर्देशक टम मुडीले प्रभावशाली अलराउन्डर कुशल मल्ललाई टोलीमा भित्राउन पाउँदा आफूहरू निकै उत्साही भएको बताए । उनले कुशल मल्लबाट आफूहरूले उत्कृष्ट प्रदर्शनको आशा गरेको पनि बताए ।
सोही लिगमा नेपालका अर्का प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि सहभागिता जनाउँदै छन् । दीपेन्द्रले भने गल्फ जायन्ट्सबाट डीपी वर्ल्ड इन्डरनेशनल लिग खेल्नेछन् । उनको सहभागिता भने यसअघि नै पक्का भइसकेको थियो ।
दीपेन्द्रको टोली गल्फ जायन्ट्समा भने इङ्ल्यान्डका रेहन अहमद, इङ्ल्यान्डकै टम कर्रन, वेस्ट इन्डिजका डोमिनिक डार्केस, वेस्ट इन्डिजकै सिमरन हेटमायर, इङ्ल्यान्डका क्रिस जोर्डन, इङ्ल्यान्डकै जामी स्मिथलगायतका खेलाडी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गल्फ कप : ओमानले कतारलाई हरायो, युएई कुवेतसँग स्तब्ध
-
आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै
-
चिसो मौसममा एकाविहानै ‘मर्निङ वाक’ गर्नु खतरा, मुटुरोगीलाई बढी असर
-
अमेरिकी डलर, चिनियाँ युआन, युरो, रियाल, थाई भाट, दिराम र रिङ्गेटको मूल्य फेरि बढ्यो, कसको कति ?
-
ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ