एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान
![एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान](https://npcdn.ratopati.com/media/news/3_0XKVwR9e3Y.jpg)
काठमाडौँ । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढाउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक थिए । कुशल दशौँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए ।
वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित