म्यानमारबाट उद्धार गरेर थप एक नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौँ । दलालको प्रलोभनमा परेर म्यानमार पुर्याइएकी एक नेपाली महिलालाई स्वदेश फर्काइएको छ ।
म्यानमारको मेवाडीमा अलपत्र परेपछि उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै ५ जनालाई थाइल्याण्डमा ल्याइएकोमा चार जना (पुरुष) डिसेम्बर १७ मा स्वदेश फर्किसकेकामा मंगलबार बाँकी एक जना महिलालाई पनि मंगलबार स्वदेश पठाइएको थाइल्याण्डस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा ४ जनालाई नेपाल फर्काइएको थियो । जसअनुसार म्यानमारबाट उद्धार भएकी बाँकी एक महिलालाई पनि मंगलबार नेपाल पठाएको दूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका अनुरोध गरेको छ ।
यसअघि सोमबार परराष्ट्र मन्त्रालयले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको थियो । पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभन दिएर भिजिट भिसामा मानव तस्करहरुले यी देशमा लैजाने र श्रम शोषणका साथै अलपत्र बनाउने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव