१४ अंकले बढ्यो नेप्से, ५ अर्ब २० करोडको कारोबार
![१४ अंकले बढ्यो नेप्से, ५ अर्ब २० करोडको कारोबार](https://npcdn.ratopati.com/media/news/nepse-stock-share_APPF8PGfS9.jpg)
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । बजार बढ्दा परिसूचक २६२६.३१ बिन्दुमा उक्लिएको हो ।
मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको मूल्य बढेको छ । ७१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
कारोबार रकमका हिसाबले मंगलबार जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो । यसको २० करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ ।
मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचक मात्रै घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढ्यो । मंगलबार सबैभन्दा बढी विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’