मन्त्री भण्डारी र कोरियन राजदूतबिच टीआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटमा हालै सम्पन्न नेपाल–कोरियाबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेम वर्क (टीआइपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको हो ।
मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबिच गत हप्ता मात्रै कोरियाको राजधानी सिओलमा टीआइपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टीआइपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।
कोरिया सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टीआइपीएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताइएको छ ।
गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाइ छ । उनले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताए ।
हालै कोरियाको भ्रमण गरी फर्किएका मन्त्री भण्डारीले कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले कोरियन लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताए । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै उनले दुई देशबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको धारण व्यक्त गरे ।
राजदूत थेयङले टीआइपीएफ सम्झौता कार्यान्वयनका लागि कोरियाको उद्योग मन्त्रालयका तर्फबाट प्रक्रिया थालनीका लागि यथाशीघ्र पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च