सर्वोच्च बारको निर्वाचनमा ३५ उम्मेदवार चुनावी मैदानमा
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनमा चुनावी चहल–पहल सुरु भएको छ । पुस २० गते हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार उम्मेदवारी दर्ता गरिएको थियो भने मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले प्रकाशित गरेको सूची अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापाका र अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका छन्। धामी गठबन्धन नगरी एक्लै अध्यक्षको दाबेदार हुन् ।
पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठन (डिएलए र एसपिएल) का साझा उम्मेदवार हुन्। थापाका पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत विभिन्न दलनिकट कानुन व्यवसायी तथा तिनका संगठन बनेको महागठवन्धनको साझा उम्मेदवार हुन् ।
डिएलले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको छ भने एमालेले पनि अध्यक्ष बाहेक अन्य पद साना दलहरु निकटलाई दिँदै चुनावी मैदानमा उत्रेको छ ।
उपाध्यक्षमा पनि तीनैजना मैदानमा छन् । उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ छन् । सहसचिवमा दुई महिला पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी उम्मेदवार छन् ।
कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी चुनावी मैदानमा छन् । महिला सदस्यका लागि शशी बस्नेत र सुधा धिताल चुनावी मैदानमा छन् भने ९ जना सदस्य पदका लागि १९ जना कानुन व्यवसायीहरू चुनावी मैदानमा उत्रेका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनको चुनावमा ६२६ जना मतदाता छन् । मतदान पुस २० गते हुनेछ।
यी हुन् उम्मेदवारहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, चिनियाँ युआन, युरो, रियाल, थाई भाट, दिराम र रिङ्गेटको मूल्य फेरि बढ्यो, कसको कति ?
-
ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म