यो हो भारतमा सबैभन्दा धेरै टिकट बिक्री भएको फिल्म
नयाँ दिल्ली । यतिबेला दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा २’ले हलमा हङ्गामा मच्चाइरहेको छ । सबैले यो फिल्मको चर्चा गरिरहेका छन् ।
कमाइका हिसाबले फिल्मले कैयौँ फिल्मको कीर्तिमान तोडेको छ । फिल्मको कमाई १ हजार ५०० करोड भारु नाघिसकेको छ ।
तर भारतमा सबैभन्दा धेरै टिकट बिक्री हुने फिल्म भने शोले हो । धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र सञ्जीव कुमारको शीर्ष भूमिका रहेको शोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए । सन् १९७५ मा रिलिज भएको शोलेले २५ करोड टिकट बेचेको थियो । यो भारतीय सिनेमाको सबैभन्दा धेरै हेरिएको फिल्मको सूचीमा पर्छ ।
आगामी वर्ष शोले रिलिज भएको ५० वर्ष पूरा हुँदैछ । १९७५ को अगस्ट १५ मा फिल्म रिलिज भएको थियो । तर अहिलेसम्म पनि फिल्मका हरेक दृश्य, संवाद, गीत र पात्रहरू मानिसको मनमा जीवित छन् । सुरुमा फिल्मले बक्स अफिसमा खासै राम्रो प्रतिक्रिया पाएन । समीक्षकले पनि फिल्मको आलोचना गरेका थिए ।
शोले हलमा छ वर्षसम्म चलेको थियो । भारतमा फिल्मका १५ करोड टिकट विक्री भएका थिए । रि–रिलिजमा अर्को ३ करोड टिकट विक्री भयो । विश्वभरको कुरा गर्दा रुसमा फिल्मले सबैभन्दा धेरै माया पायो । यहाँ फिल्मका ६ करोड टिकट बिक्यो ।
युरोप, उत्तर अमेरिका र मध्यपूर्वका देशहरूमा पनि शोलेको ठूलो क्रेज देखिएको थियो । सबैतिर मिलाउँदा फिल्मका कुल २५ करोड टिकट बिक्री भएको थियो । बाहुबली २ र आरआरआर जस्ता मेगा ब्लकबस्टर फिल्मले पनि शोलेको टिकट बिक्रीको रेकर्ड तोड्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'