भोजपुर र नुवाकोटमा दुई जना मृत फेला
मङ्गलबार, ०९ पुस २०८१, १३ : १८

काठमाडौँ । भोजपुर र नुवाकोट जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित खेतमा षडानन्द नगरपालिका-२ तावुटार बस्ने ३१ वर्षीय धर्मराज राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता नुवाकोटको ककनी गाउँपालिका-२ कोल्पुखोला सनटार बस्ने सल्यान फलावाङ-४ घर भएका ३२ वर्षीय पोखरसिङ वली सोही ठाउँस्थित पाखो बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।