जुवातास खेलिरहेका १० जना पक्राउ
मङ्गलबार, ०९ पुस २०८१, १३ : ००
![जुवातास खेलिरहेका १० जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-jail-group-cartoon_7ectnfd90S.jpg)
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-१० बाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
सिसैया बस्ने विक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय हर्क बहादुर साउद समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान