शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र नगरीमा भाग्य परिक्षण गर्दै अभिनेत्री पूजा

शुक्रबार, ११ जेठ २०७५, १० : १७
शुक्रबार, ११ जेठ २०७५

बेबी आई लभ यु’ चलचित्रकी अभिनेत्री हुन् पूजा तिवारी। उनले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् ।

जनक पाण्डे निर्देशित प्रेमकथामा आधारित चलचित्रमा उनको अभिनेता सन्तोष खड्गीसँग रोमान्स देख्न सकिन्छ । १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न मिल्ने ‘बेबी आई लभ यु’मा आफूले गरेको अभिनयले दर्शकमा गहिरो छाप छोड्ने उनी बताउँछिन् । चितवन सौराह निवासी उनी दुई वर्ष अगाडि अभिनय रहर बोकेर काठमाडौँ छिरेकी थिइन् ।

थोरै सङ्घर्षमै उनी चलचित्रकी अभिनेत्री हुन सफल भइन् । यसलाई उनी आफ्नो लक मान्दछिन् । ५ वर्षको डान्स प्रशिक्षकको अनुभवसहित अभिनयमा होमिएकी उनको पहिलो चलचित्र सफल हुन्छ वा हँुदैन त्यो भने प्रदर्शन पछि मात्र भन्न सकिनेछ । तर चलचित्रको रिजल्ट जे भए पनि आफ्नो अभिनय यात्रामा फरक नपर्ने उनी बताउँछिन् ।

मेनुका प्रधान र राजेश हमालको अभिनय रुचाउने उनको पेन्टिङमा पनि रुचि रहँदै आएको छ । बुबा नेपाल टप आर्टिस भएकाले सानैदेखि यसमा रुचि रहेको उनी सुनाउँछिन् ।

धेरैको डेटको अफर आउने गरेको सुनाउने उनी अहिलेसम्म कसैको अफर स्वीकार्न नसकेको बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप