नेपाल एयरलाइन्सको ट्वीनअटर ग्राउण्डेड, आन्तरिक उडान ठप्प
मङ्गलबार, ०९ पुस २०८१, १२ : ३६
काठमाडौँ । नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ ।
दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ । आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउण्डेड भएको बताए । ‘दुईवटा ट्वीनअटरमध्ये एउटा पहिल्यैदेखि ग्राउण्डेड थियो । अर्को जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो ।’
नेपाल एयरलाइन्सले केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने जानकारी गराएको छ । ग्राउण्डेड भएका अन्य जहाजको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट