एमाले सचिवालयले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ । पुस २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
‘सचिवालय बैठक बुधबार ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । सोही बैठकले केन्द्रीय कमिटी बैठकको मिति घोषणासहित र बैठकका एजेन्डा तय गर्छ’, अधिकारीले भने,‘केन्द्रीय समितिको यो नियमित बैठक बस्न लागेको हो ।’
एमालेले पुस २० र २१ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि बैठक बस्ने मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।
एमालेको विधानअनुसार केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने हुन्छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठक असारमा बसेको थियो ।
केन्द्रीय कमिटी बैठकमा विशेषगरी पार्टीका नियमित कामकारबाही, सङ्गठन निर्माण र सरकार सञ्चालन लगायतका विषयमा छलफल हुनसक्ने नेताहरूले बताएका छन् । सो पार्टीको सङ्गठन विभागले मङ्सिर अन्तिम साता सम्पन्न गरेको राष्ट्रिय कार्यशालाले आगामी माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समिति बैठकले कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउने नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सफल बन्न बिहान १० बजेअघि गर्नुहोस् यी १० काम
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना