नेपाल क्रिकेट संघ (क्यान) द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) हालै सफलतापूर्वक सम्पन्न भएको छ । एनपीएलको भव्य सफलतासँगै विश्वव्यापी रूपमा नेपाली क्रिकेटको चर्चा पनि चुलिएको छ ।
स्टार स्पोर्टसजस्तो विश्व चर्चित च्यालनबाट प्रत्यक्ष प्रसारण गरिएकाले पनि एनपीएल पहिलो संस्करणमै आफ्नो औचित्य साबित गर्न सफल भयो । यसका अतिरिक्त विश्व क्रिकेटका नामुद हस्तीहरूको उपस्थितिले पनि एनपीएलको चर्चालाई शिखरमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्यो ।
लामो समय आईसीसीको निलम्बनमा परेका कारण केही सुस्ताएको नेपाली क्रिकेट पछिल्लो समय निकै व्यस्त बन्दै गएको देखिन्छ । एनपीएल सफल त भयो तर, प्रतियोगिता आयोजनाका क्रममा केही विवाद पनि देखिए ।
खासगरी, नेपाली खेलकुदमा बेटिङलाई प्रवेश गराएको, नेपाली च्यानलहरूलाई बेवास्ता गरी प्रसारण अधिकारका लागि ठुलो रकम खर्च गरेको, आर्थिक पारदर्शीताको विषयमा चासो नदिएकोजस्ता विषयमा विभिन्न पक्षबाट टिका–टिप्पणी पनि भए । प्रस्तुत छ, यी सम्पूर्ण विषयमा केन्द्रित रहेर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादीत अंश :
म अध्यक्ष हुनुभन्दा अघिकै कमिटमेन्ट हो, यो । अध्यक्ष भएपछिको दोस्रो बैठकले नै नेपाल प्रिमियम लिग गर्ने निर्णय लिएको हो । यो सन् २०१९ को कुरा हो ।
अदालतमा परेका विभिन्न किसिमका मुद्दा, विश्वव्यापी रूपमा फैलिएको करोना महामारी, विभिन्न पक्षबाट सृजना गरिएको विवाद, क्यानको निर्वाचन र विश्वासिलो टिम नहुँदा ढिलो हुन गएको हो ।
एपीएल सफलतापूर्वक सम्पन्न गर्न सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का र सदस्य सुदीप शर्मा रहेको टिम बनाएको थियो ।
यो टीम त बलियो नै हो । तर, नेपालभित्रको जनशक्तिले मात्र विश्वस्तरीय प्रतियोगिता सफल बन्न सक्दैन भन्ने पहिला पनि क्लियर थियो ।
नेपालभित्रको जनशक्तिले मात्र यो हाइट लिन सक्दैन थियो ।
सुरुवाती चरणमा सक्दैन थियो । यो प्रतियोगिता सफल भएपछि अब हामीले पनि थुप्रै अनुभव बटुलेका छौँ । बिस्तारै नेपालभित्रकै जनशक्तिले पनि प्रतियोगिता सफल पार्न सक्ने अवस्था आउँछ । भारतको चर्चित प्रतियोगिता आईपीएल पनि सुरुमा आफैले गरेको हो र ?
आयोजक क्यान भइहाल्यो । आर्थिकदेखि सम्पूर्ण काम त क्यानले नै गर्यो । तर, प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन ट्वाण्टी फोर्थ सेन्चुरी मिडिया प्राइभेट लिमिटेड नेपाल (टीसीएम, नेपाल) नामको संस्थाले गरेको हो । यो भारतीय संस्था हो । यसले विश्वकप, एसिया कप, आईपीएलजस्ता ठुला प्रतियोगिताको व्यवस्थापन गर्दै आएको छ । एसिया कपको त आठ वर्षको अधिकार पनि यही संस्थासँग छ ।
विश्वभर नेपाली क्रिकेटलाई पुर्याउन र यसको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्टस र सोनी च्यानल रोज्नुको विकल्प थिएन । गुनासो गर्नेलाई भन्नु मलाई केही छैन । तर, सबैले बुझिसक्नुभएको छ ।
बाहिर कहाँ जान्छ ?
क्यानलाई घाटा हुने त कुरै छैन । तर, यसपटक धेरै खर्च भयो । तर पनि विज्ञापन ठेक्कामा लिने कम्पनीले पाँच करोडभन्दा बढी पैसा क्यानलाई दिन्छ । स्टार स्पोर्टसले अहिले केही पैसा लग्यो । अब आउने प्रतियोगितामा उसले हामीलाई पैसा दिन्छ । त्यस्तै लाखौँ पर्यटक विदेशबाट अब एनपीएल हेर्न नेपाल आउँछन् । यहाँको पर्यटनलाई पुग्ने फाइदाको हिसाब गर्न सकिन्छ र ?
भौतिक पूर्वाधारका कारण धेरै पीडित भइयो । दर्शकहरूलाई राम्ररी राख्न सकिएन । पाहुनाहरूलाई राम्रो वातावरणमा राखेर क्रिकेट देखाउन सकिएन । अर्को, विदेशी खेलाडीहरूको श्रम स्वीकृति पनि ठुलै समस्याका रूपमा रह्यो । कम्तीमा एउटा प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको भए राम्रो हुन्थ्यो । अन्य देशमा यस्तो सिस्टम छ । विदेशी कम्पनीहरूको पारिश्रमिक पठाउन पनि समस्या भइरहेको छ । त्यो गर्यो भने संसारभरका ठुला खेलाडीहरू एनपीएल खेल्न आउँछन् । यसैगरी, स्वदेशी तथा विदेशी लगानीकर्ता जो नेपाली क्रिकेटमा लगानी गर्न तयार छ त्यस्ता लगानीकर्तालाई लिगल पैसा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ ।
एउटै ग्राउण्डमा तीन सयको टिकट डेढ सयमा बेचेर करोडौँ लगानी कसरी उठ्छ ? खासगरी टोलीका मालिकहरूलाई धेरै समस्या भयो । एउटा म्याच हेर्नका लागि धनगढी आउने एक जनाले ३० हजार रुपैयाँसम्म खर्च गर्यो । धनगढीमै हेर्न पाएको भए पाँच हजारको टिकट किनेर मज्जाले हेर्न सक्थ्यो । कमसेकम ५०–६० साठी करोड रुपैयाँ टिकटबाट उठाउन सक्ने हुनुपर्छ ।
समय सापेक्ष र ब्राण्डको हिसाबले एकदम ठिकै हो ।
तीन वर्ष त मेरै कार्यकाल छ । कम्तीमा अबका दुई वटा प्रतियोगिता मेरै नेतृत्वमा हुन्छ । फेरि, पुरस्कारको पैसा भनेको पदाधिकारीको खल्तीबाट दिने होइन । सिस्टमले गर्ने कुरा हो । आयश्रोत बढाउँदै लैजानु पर्छ ।
ठुला कम्पनी र व्यवस्थापनलाई जोड्न सकेकाले यो सम्भव भएको हो । हामीले भनेर मात्र स्पोन्सरहरुले नपत्याउन सक्थे । विश्वव्यापी रूपमा चर्चित बनेका कम्पनीहरू हामीसँग जोडिएपछि उनीहरूले विश्वास गरेका हुन् । एनपीएलमा पनि घाटा हुँदैन भनेर कन्भिन्स भए । त्यसैले लगानी गरे ।
एउटा त उल्फ सेभेन सेभेनमात्र होइन । उल्फ सेभेन सेभेन डट न्युज हो । बेटिङ साइट होइन । नाम मिल्दोजुल्दो मात्र हो । यसलाई सरोगेट भनिन्छ । संसारभर क्रिकेट धानेको सरोगेटले नै हो । ब्याटिङ सेरोगेट पनि छ । नाम मिल्दैमा समस्या आउने हो भने त्यस्तो कम्पनीले ल्याएको औषधिमाथि पनि प्रतिबन्ध लगाउनु पर्छ । सबैभन्दा पहिले यसका लागि कानुन बनाउनु आवश्यक छ । अहिले त कानुन नै छैन । त्यसै कराएर हुन्छ ? कानुन बनाएर दिए भयो नि । कानुनको खिलाफमा क्यान जाँदैन ।
त्यो अनुमान मैले गरेको छैन । एनपीएल कमिटी गभर्निङ काउन्सिल परिचालन परिषद्को संयोजक क्यानका सचिव पारस खड्का हुनुहुन्छ । क्यानको अगामी बैठकमा उहाँहरूले यस विषयमा जानकारी गराउनु हुनेछ । त्यसपछि सत्य–तथ्य आउँछ ।
कहाँ लुक्छ त ? क्यान खुला किताब हो । प्रजातान्त्रिक संस्था हो ।
नेपाली क्रिकेटलाई माया गरेर लगानी गर्नुभयो ।
दुई वटा, तीनवटा सिजनसम्म त रिटर्न हुन गारो छ । तर, अहिले लगानी देखिए पनि उहाँहरूको ब्रान्ड भ्यालु बढिसकेको छ । यो शेयरजस्तै हो । दुई हजार करोड लगानी गरेर किनेको आईपीएलको टिम भ्यालु १२ हजार करोड पुगिसकेको छ । आईपीएल पनि सन् २००८ मा सुरु भएको त हो नि ।
सरकारबाट असहयोग भएको छैन ।
क्यान भनेको सबैको साझा संस्था हो । प्राइभेट कम्पनी होइन । यो कुनै पार्टीको भ्रातृ संगठन होइन ।
म नेतृत्वमा हुँदासम्म सबैको साझाको दायित्वको संस्था बनाएरै छाड्छु । कसैले माने पनि नमाने पनि क्यानको अध्यक्ष चतुरबहादुर चन्द नै हो । लेखेर राख्नुस् आईसीसी, एसीसी, बीसीसीआईसँग अहिलेजस्तो राम्रो सम्बन्ध यसअघि थियो भन्ने मलाई लाग्दैन । नेपाली क्रिकेटको लागि अहिले स्वर्णिम युग हो ।
अहिले म त्यतातिर जान चाहन्न । प्रधानमन्त्रीले मलाई पनि बोलाएर क्यानलाई एउटा प्रमाणपत्र दिनुभएको छ ।
प्रतिक्रिया