अस्पतालमा भर्ना भए पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको स्वास्थ्य अचानक बिग्रिएको छ । जानकारीका अनुसार ज्वरोलगायत अन्य केही समस्या देखिएपछि उनलाई सोमबार वासिङ्टनको एक अस्पतालमा भर्ना गरिएको छ । तर, पूर्व राष्ट्रपतिका डेपुटी चिफ अफ स्टाफ एन्जल युरेनाले चाँहि क्लिन्टनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएकी छिन् ।
७८ वर्षीय नेतालाई मेडस्टार जर्जटाउन युनिभर्सिटी अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ । उरेनाले भनिन्, ‘उनको स्वास्थ्य राम्रो छ र उनले पाएको उत्कृष्ट हेरचाहको लागि धेरै आभारी छौँ ।’
कमला ह्यारिसको लागि प्रचारमा देखिएका थिए
अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति चुनावमा क्लिन्टन निकै सक्रिय थिए । उनले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसको लागि प्रचार गरेका थिए । उनले डेमोक्रेटिक नेशनल कन्भेशनलाई पनि सम्बोधन गरेका थिए । त्यतिबेला क्लिन्टनले खुलेर ह्यारिसको प्रशंसा गरेका थिए ।
राष्ट्रपतिको उम्मेदवारी छोड्ने कठिन निर्णयको लागि क्लिन्टनले बाइडेनको प्रशंसा पनि गरेका थिए । ‘डोनाल्ड ट्रम्प म/म मात्रै गर्छन् । अर्को पटकसुन्दा उनले कति पटक आफूलाई उल्लेख गर्छन् भनेर ध्यानले सुन्नुहोला ।’ क्लिन्टनले भनेका थिए । तर, गएको राष्ट्रपति निर्वाचनमा ह्यारिसले ट्रम्पसँग नमज्जाले हारिन् ।
सन् १९९३ देखि २००१ सम्म क्लिन्टन अमेरिकाको ४२औँ राष्ट्रपति रहेका थिए । पछिल्लो समय उनले पटकपटक स्वास्थ्य समस्याको सामना गरिरहेका छन् । लामो समयसम्म छाती दुख्ने र सासमा समस्या भएपछि २००४ मा उनले मुटुको बाइपास सर्जरी गराएका थिए । त्यसपछि सन् २०१० मा उनको कोरोनरी धमनीमा स्टेन्टको एक जोडी राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता