अपराध
ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
मङ्गलबार, ०९ पुस २०८१, १३ : २६

ललितपुरमा । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।
गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए । आपसी विवादका क्रममा एकाएक भट्टले चक्का प्रहार गरेको बताइएको छ ।
राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।
मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?
-
इटालियन सिरी’एमा युभेन्ट्स र एटलान्टा विजयी
-
व्यावसायिक माहुरीपालन फस्टाउँदै