कार्य विभाजनप्रति झलनाथ खनाल असन्तुष्ट
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।
एक पोलिटब्युरो सदस्यका अनुसार खनालले आफ्नो सचिवालय ग्रुपमा नेता कार्यकर्तासामु कार्य विभाजनलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन् ।
ति सदस्यका अनुसार खनालले उक्त ग्रुपमा कार्यविभाजन हेर्दा आफूलाई पनि कयौँ विषयमा चित्त नबुझेको बताएका छन् ।
‘म विगत १५ दिन देखि डाक्टरको सल्लाहमा आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यसपटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ’, खनालले लेखेका छन्, ‘६ महिनापछि बैठक गर्दा पनि पार्टीले त्यहीँ बेलामा बैठक पारिदियो । त्यो बैठकमा के के एजेन्डा प्रस्तुत भए ? के के विषयमा कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा छैन ।’
खनालले धेरै नेता कार्यकर्ताहरूले कार्यविभाजनका बारेमा चर्को असन्तुष्टि रहेको आफूलाई गुनासो गरेको भन्दै स्थायी कमिटीको निर्णयबारे आफूलाई विस्तृत जानकारी भइनसकेको बताएका छन् ।
‘यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’, खनालले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा प्रस्तावहरू पठाएको स्मरण गराएका छन् ।
‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन । पार्टीले महाधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ’, खनालले भनेका छन्,‘अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’
उनले केन्द्रीय कमिटी सदस्यहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
‘स्थायी कमिटीले गर्नुपर्ने त्यहीँ हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरेँ मलाई पनि कयौँ कुरा चित्त बुझेन । अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला’, खनालको भनाइ छ ।
खनालको सचिवालय ग्रुपमा अध्यक्ष माधव नेपालदेखि अधिकांश सचिवालय सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्य जोडिएका छन् ।
स्थायी कमिटीको बैठकपछि गत शुक्रबार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?