लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
मङ्गलबार, ०९ पुस २०८१, ०५ : १६

काठमाडौं । इन्टरमिलान इटालियन सिरी’एको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा कोमोलाई २-० ले हराउँदै इन्टर तेस्रो स्थानमा उक्लिएको हो ।
होमटाउनमा इन्टरलाई जिताउन कार्लोस अगस्टो र मार्कस थुरमले गोल गरे । दोस्रो हाफपछि आक्रामक भएको कोमोका तीन जनाले एलो कार्ड मात्रै पाए । जितसँगै इन्टरले १६ खेलबाट ३७ अंक जोडेको छ भने कोमो १७ औं स्थानतिर धकेलिएको छ ।
एक खेल बढी खेलेर ४० अंक बटुलेको एटलान्टाले लिग लिड गरिरहँदा ३८ अंकका साथ नापोली दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न